घ्यू तथा खानेतेलमा अत्याधिक मूल्यवृद्धि   


काठमाडौँ, ३१ जेठ (रासस) ः
घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।
बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा मासु तथा माछामा १७.१२ प्रतिशत , गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।
यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ । सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।
थोक मुद्रास्फीतितर्फ गत वैशाखमा ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । सो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ । ———

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई