चीनको सञ्चित विदेशी मुद्रा बढ्यो


बेइजिङ, २८ जेठ (सिन्ह्वा): चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्र्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्यूरोले जनाएको छ । ब्यूरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, “सन् २०१९को मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ ।

यो अप्रिल महिनाको अन्त्यसम्मको तुलनामा ६ अर्ब १० करोड अमेरिकी डलर अर्थात् ०.२ प्रतिशतको वृद्धि हो ।” राष्ट्रिय विदेशी मुद्रा आरक्षण ब्यूरोका प्रवक्ता एवं प्रमुख अर्थशास्त्री वाङ छुन यिङले भन्नुभयो, “विनिमय दर रूपान्तरण र सम्पत्ति मूल्य परिवर्तन आदि कारणले विदेशी मुद्रा आरक्षित मात्रा अलि बढेको छ ।” यस वर्ष चीनको समष्टिगत आर्थिक अवस्था स्थिर भएर राम्रो भएको वाङले बताउनुभयो । चीनको विदेशी मुद्रा बजारमा आपूर्ति र माग आधारभूत रूपमा सन्तुलित भएको उहाँको दावी थियो । चीनमा पछिल्लो समय प्रमुख च्यानल (स्रोत) को अन्तर्राष्ट्रिय पूँजी प्रवाहको अवस्था स्थिर कायम भएको र विदेशी मुद्रा सञ्चयको मात्रा सामान्य वृद्धि भएको ब्यूरोको दावी छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई