लिबियामा भिडन्त, ३२ जनाको मृत्यु


त्रिपोली, २५ चैत: लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।

राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिनुभयो । आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमण समेत भएका थिए ।

संयुक्तराष्ट्र सङ्घ र संयुक्तराज्य अमेरिकाले तत्कालै युद्धविराम गर्न दुबै पक्षलाई आग्रह गरेपनि भिडन्तहरु रोकिएका छैनन् । लिबियाका नेता मौमर गद्दाफीको सन् २०११ मा मृत्यु भएपछि पनि लिबियामा विभिन्न समूहबीच युद्ध जारी छ । यी समूहबीच शक्ति हत्याउने र तेलकुवामा बर्चश्व कायम गर्न बेलाबखत भिडन्त हुने गरेको छ । हफ्तारको पछिल्लो क्रियाकलापले मुलुकलाई गृहयुद्धमा धकेल्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

लिबियामा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका निम्ति भइरहेका अन्तर्राष्ट्रिय कुटनीतिक प्रयास पनि सफल हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस  
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ

जेनेभा – एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई