श्रीमती गर्भवती बनाएर श्रीमान्ले अर्को विवाह गरे, प्रमिलाको बिजोग


अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ ।

एक वर्षअघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ली भएको हो । आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मङ्गलबार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएपछि उहाँको बिचल्ली भएको हो ।

अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सिवालाई झुक्याएर श्रीमान्ले दोस्रो विवाह गरेपछि माइती थर्पुमा बस्दै आउनुभएकी उहाँलाई स्थानीय स्वयंसेविकाले जिल्ला अस्पतालसम्म ल्याइदिए ।

ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ को साप्लाखुमा विवाह गरे पनि श्रीमान् र सासू–ससुरासँगै झापाको काकडभिट्टामा बस्दै आएकी प्रमिलाले विवाहपछि श्रीमान्को घरपरिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुव्र्यवहार र शारीरिक यातना खेप्नुपरेको सिवाले बताउनुभयो । गएको पुस महीनामा श्रीमान्ले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेको भन्दै त्यसपछि घरका अन्य सदस्यको दुव्र्यवहार र शारीरिक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उहाँको भनाइ छ ।

माइतीको समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा हुनुहुन्छ । उहाँको हेरचाहका लागि कोही छैन । आमा पनि शारीरिक रूपमा अशक्त र बुबा पनि वृद्ध छन् । कक्षा आठमा अध्ययन गर्दा सिवा र लिम्बूबीच प्रेम सम्बन्ध सुरु भएर कक्षा ११ अध्ययन गर्दागर्दै उहाँहरुको अन्तरजातीय विवाह भयो ।

गर्भवती हुँदा सबैले बच्चा फाल्न आग्रह गरेपनि आफूले सन्तानलाई धर्ती देखाउने आशाले कसैको कुरा नमानेको उहाँले बताउनुभयो । गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनु भन्ने जवाफ आएको उहाँको भनाइ छ । तर पनि बनी गरेर आफूले पेट पालेको र आमा बुबाको सेवा गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ–“मलाई नभएपनि छोरी हेर्न जसरी आउनुहुन्छ । छोरीको माया लाग्नुपर्ने हो ।

एकदिन छोरीको मुख हेर्न जसरी पनि आउनुहुन्छ ।” आफूले गर्भ परीक्षण गराउनसमेत पैसा नपाएको उहाँले बताउनुभयो । “भिडियो एक्सरे गराउन आठ सय रुपैयाँ नहुँदा गर्भको अवस्था थाहा पाउन सकिनँ तर, छोरी जन्माएँ । केही भएन, म खुसी छु”, उहाँ भन्नुहुन्छ, “अन्तरजातीय विवाह गरेकै कारण लिम्बूका फुपूहरुले दलित केटीसँग विवाह किन गरेको यसलाई छाडिदे हामी अर्की केटी खोजिदिन्छाँै भनेपछि मलाई छोड्नुभयो । छोरी जन्मिएकी छे, उसलाई हेर्न उसको बुबा जसरी पनि आउनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई