पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका


जाजरकोट बारेकोट गाउँपालिका-४ मैनास्थित जगत आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने छात्रा पुष्पा बस्नेत, सुनिता बस्नेत र कौशिला बस्नेत पढाइसँगै गिट्टी कुट्दै । तस्वीर: हेमन्त केसी ।

–हेमन्त केसी

जाजरकोट, २९ जेठ : बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउनका लागि बाध्य भएर गिट्टी कुट्ने गरेकी हो ।” गिट्टी कुटेर आफूले कमाएको रकमबाट भाइ, बहिनीकोे पढाइ खर्चसमेत धान्ने गरेको उनी बताउँछिन् ।

त्यस्तै सोही ठाउँका सुनिता बस्नेतले पनि पढाइ खर्च जुटाउनका लागि गिट्टी नै कुट्ने गरेकी छिन् । उनले गिट्टी कुटेर प्रतिबोरा रु १२० कमाउने गरेकी छिन् । दैनिक चार बोराभन्दा बढी गिट्टी कुट्ने गरेको बताउँदै उनले त्यसबाट प्राप्त भएको आम्दानीले कापी, कलम र अन्य व्यक्तिगत खर्च गर्ने गरेको बताइन् । उनीसँगै दैनिक गिट्टी कुट्ने अर्की छात्रा पुष्पा बस्नेतले आफूले कमाएको रकमबाट भाइ, बहिनीको पढाइ खर्चसमेत धान्ने गरेको छ ।

यी त कही प्रतिनिधिमूलक पात्रमात्र हुन् । गरीबी र विपन्नताका कारण जिल्लाका अधिकांश बालबालिकाले आफ्नो र भाइ बहिनीको पढाइ खर्च जुटाउनका लागि गिट्टी कुट्ने गरेका छन् । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता विषयलाई नेपालको संविधानले नागरिकको मौलिक हकअन्तर्गत राखेको भए पनि गरीबी र विपन्नतामा बाँचिरहेका बालबालिकाले आधारभूत शिक्षा हासिल गर्नका लागि पनि गिट्टी कुट्नुको विकल्प नभएको गुनासो उनीहरुको छ । शिक्षामा सबैको सहज पहुँच पु¥याउने सरकारको प्रतिबद्धता र जवाफदेहीता गरीब तथा विपन्न बालबालिकाको घर आँगनमा पुग्न नसकेको आरोप स्थानीयवासीको छ ।

सम्पन्न घर परिवारका बालबालिका सुविधायुक्त महँगो विद्यालयको पढाइमा प्रतिस्पर्धा गरिरहेको बेला गरीबी तथा विपन्नताको कहालीलाग्दो अवस्थामा बाँचिरहेका बालबालिकाले आफ्नो पढाइ खर्च जुटाउन विद्यालयको पढाइ छोडेर गिट्टी कुट्ने गरेका छन् भने यार्सागुम्बा खोज्ने समयमा उनीहरु यसका लागि पाटनतिर जानुपर्ने बाध्यता अझै कायमै रहेको छ । पढाइका लागि आवश्यक पर्ने किताब, कापी, कलम र विद्यालय पोशाकका लागि उनीहरु मजदूरी गर्न बाध्य भएको बालबालिकाले बताएका छन् ।

विद्यालयको पढाइ खर्च जुटाउन नसक्ने अभिभावकका बालबालिकामध्ये कोही यार्सागुम्बा खोज्न र कोही गिट्टी कुट्न बाध्य भएका छन् । जाजरकोटमा मजदूरी गर्ने बालबालिकाको सङ्ख्या यति छ भन्ने कुरा यकिन नभएको स्थानीय सरकारको मताहतमा रहेका महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई