राजसँस्थाको औचित्य बताउन राजाहरूको देवत्वकरण गर्नुपर्दैन


  • केशवप्रसाद भट्टराई

भूराजनीतिक परिवेश र हाम्रा राजनीतिक अभ्यासहरूका आधारमा पनि राजसँस्था मुलुकको एकता, अखण्डता र स्वतन्त्रताको लागि आवश्यक थियो र छ ।
तर यसको लागि राजाहरूको देवत्वकरण गर्नु पर्दैन ।

राजाहरूको शासनकाल न्याय, सुशासन र विकास तथा समृद्धिको दृष्टिले राष्ट्रकोलागि त्यस्तो विशिष्ट र उपलब्धिमूलक थिएन ।
राजनीतिक आधारमा अन्याय भोग्ने हजारौँ हजार थिए र आज पनि छन् ।
राजाहरूको पालामा पनि सवैका लागि न्याय र सुशासन थिएन ।
पंचायत समर्थक नभएको, व्यवस्था विरोधी गतिविधिमा संलग्न भनेर स्थानीय पन्च नेतृत्वको सिफारिशमा र प्रहरी चौकीका हवल्दारले पठाएको प्रहरी रिपोर्टको भरमा ।
कुनै छात्रवृत्ति नपाउने, सरकारी वा संस्थानहरूमा जागिर खान नपाउने मात्रै होइन उनीहरू पंचायतको चुनावमा उठ्न खोज्दा प्रजिअ र निर्वाचन अधिकारीहरुले दरखास्त च्यातिदिने घटना पनि बाक्लै हुन्थे ।
प्रहरीबाट असल चरित्रको प्रमाण नभएकाले व्यापार -व्यवशाय गर्न पनि नपाइने,लाइसेन्स नपाउने ।
स्थानीय प्रशासन र पंच नेतृत्वको भ्रष्टाचार र अन्यायको विरोध गर्ने बित्तिकै पनि राजा र व्यवस्था विरोधी ठहरिएर गिरफ्तार, थुना, अपमान, पीडा , यातना सवै बेहोर्नु पर्ने ।

राजा महेन्द्र र वीरेन्द्रले प्रतक्ष शासन गर्न निर्वाध अवशर पाएको जत्तिकै अवधिमा अन्य देशहरूले पाएको सफलता र हाम्रै मुलुकमा २०४८- ०५१को अवधि र वर्तमान सरकारको कोरोना काल अघिको विकास र समृद्धिको स्तरभन्दा राजाहरूको शासनकालमा मुलुकले पाएको विकास र समृद्धिको स्तर निकै कम्जोर र शिथिल थियो ।
तर त्यसको अर्थ राजसँस्थाको औचित्य नरहेको भन्ने होइन ।

राजाहरूका कमी, कमजोरी र अभावहरू हटाउने राज्य व्यवस्था निर्माण गर्ने अनि राजसँस्था सहितको प्रभावकारी प्रजातन्त्र खोज्ने हो ।
इतिहासलाई गलत व्याख्या गर्नु र गलत तरिकाले प्रस्तुतगर्नु राजभक्ति र राष्ट्र भक्ति दुवै होइन ।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई