प्रदेश १ ले अपाङ्गतामैत्री कानून बनाउने


विराटनगर, २५ चैत: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भन्नुभयो । उहाँले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाइसकेकाले ती समूह पनि निकट भविष्यमा राष्ट्रिय राजनीतिको मूलधारमा आउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक महाङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएकाले अहिले पनि धेरै समस्या झेलिरहेकाले सरकार यसतर्फ गम्भीर हुनुपर्छ भन्नुभयो । महासङ्घका महिला उपाध्यक्ष टीका दाहाल र डेनमार्क अपाङ्ग महासङ्घका प्रतिनिधि रेणु लोहनीले अपाङ्गता भएकालाई दया होइन अवसर दिनुपर्छ भन्नुभयो । चैत २६ गतेसम्म चल्ने सो महाधिवेशनमा प्रतिनिधि ७१० र पर्यवेक्षक ६० जना छन् । देशभरमा महासङ्घमा अपाङ्गताको क्षेत्रमा काम गर्ने ३३१ वटा सङ्घ संस्था आवद्ध रहेको राष्ट्रिय अपाङ्ग महाङ्घ नेपालका कर्मचारी ईश्वर रैलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई