जन्मका आधारमा नागरिकता प्रदान


वीरगञ्ज, २५ चैत: लामो समयदेखि शरणर्थी जीवन बिताइरहनुभएका वीरगञ्ज महानगरपालिका–१२ मुरली नयाँ टोलका विकासकुमार सर्राफको जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मका आधारमा नेपाली नागरिकता पाएपछि खुशीको सीमा रहेन । सर्राफसँगै अनुकुमारी सर्राफ र महम्मद शेख अरमान आलमसमेतले जन्मका आधारमा नागरिकता प्राप्त गर्नुभएको छ । उहाँहरुका बुबाले विसं २०६३ मा जन्मका आधारमा नागरिकता पाए पनि जटिलताका कारण उनीहरुका सन्तान भने जन्मका आधारबाट नागरिकता पाउनबाट वञ्चित थिए ।


मन्त्रिपरिषद्को विसं २०७० चैत २६ गतेको निर्णयले जन्मका आधारमा नागरिकता दिनमा रोक लगाएपछि त्यसविरुद्ध पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि संविधानले दिएको अधिकार अहिले आएर कार्यान्वयनमा आएको छ । तिनीहरुलाई नयाँ व्यवस्थानुसार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई तथा सांसद यादवले संयुक्त रुपमा नागरिकता प्रदान गरी जन्मका आधारमा नागरिकता दिने अभियानको शुरुआत गर्नुभयो ।

सङ्घीय सरकारले फरक फरक निर्णय गर्दै आएपछि विसं २०६३ देखि जन्मका आधारमा नागरिकता लिने नेपालीको सन्तान नागरिकता प्राप्तिबाट वञ्चित हँुदै आएका थिए । सांसद यादवले अदालतमा रिट निवेदन दायर गरेपछि संविधानले दिएको अधिकार कार्यान्वयन भई जन्मका आधारमा नागरिकता लिनबाट वञ्चित रहेका नेपाली नागरिकको सन्तानले सो आधारमा नागरिकता पाउने बाटो खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस  
अर्थमन्त्री जनार्दन शर्माको स्टाटस : स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ

काठमाडौं, माघ १५ : नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले समयमै चुनाव हुनुपर्ने

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल   

काठमाडौँ, १५ पुस (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर

कांग्रेस उपसभापतिको मतगणना जारी , कसले कती पाए मत

  काठमाडौँ, २९ मङ्सिर: नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी रहेको छ । गणना सानेपामा

गुण एयरलाइन्सको चितवन–पोखरा उडान सुरु

भरतपुर, ९ मङ्सिर (रासस) ः चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई