झापामा पनि फैलियो डेङ्गु


सुनसरीको धरानमा प्रकोपको रूप लिएको डेङ्गु मोरङसँगै झापामा पनि देखिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रमा आजसम्म डेङ्गुका आठ बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्क्रमण देखिएका दमकका दुई जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले डेङ्गु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम शुरु गरिएको बताउनुभयो । जनचेतनामूलक कार्यक्रमअन्तर्गत उक्त रोगबारे बच्ने उपायबारे टोलटोलमा पुगेर जानकारीमूलक माइकिङसहित पर्चा पम्प्लेट वितरण गर्ने क्रम जारी रहेको अर्यालले बताउनुभयो । यस्तै, लामखुट्टेको टोकाइबाट फैलने डेङ्गुको स्रोत नै नष्ट गर्ने कार्यक्रमअनुसार लार्भा खोज्ने र नष्ट गर्ने क्रमसमेत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई