सरकारले गरेको नीतिगत सुधारबाट लगानीको वातावरण बन्यो, ढुक्क भएर लगानी गर्न उद्योग वाणिज्य महासङ्घको आह्वान


सरकारले गरेको नीतिगत र कानूनी सुधारबाट नेपालमा लगानीको वातावरण बन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ ।

महासङ्घको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को १०८औँ सम्मेलनलाई जेनेभामा सम्बोधन गर्दै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीलाई आग्रह गर्दै नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएकोसमेत स्पष्ट पार्नुभयो । नेपालको निजी क्षेत्रले संवाद र सहकार्यका माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सामाजिक संवादका माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण पेश गर्नुभयो ।

सरकारले उद्घोष गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पको स्मरण गर्दै उहाँले दिगो व्यवसायका माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पु¥याउन सकिएमात्रै उक्त लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो । कामको भविष्य, व्यवसायको भविष्यसँग गासिएको उल्लेख गर्दै उपाध्यक्ष ढकालले उक्त वस्तुगत तथ्यलाई ध्यानमा राखी गरिने प्रयास, व्यावसायिक नीतिनियममा गरिने सुधार पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । आइएलओ सम्मेलन यही जेठ २७ देखि जारी छ । सम्मेलन आगामी असार ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई