भ्रष्टाचारको आरोपमा पूर्व प्रधानमन्त्री पक्राउ


अल्जेरिया, ३० जेठ: अल्जेरियाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री अब्देलमालेक सेल्लाललाई पक्राउ गर्न दिएको आदेशपछि प्रहरी नियन्त्रणमा छ ।

भ्रष्टाचारको अभियोगमा उहाँलाई पक्राउ गर्न बिहीबार आदेश दिइएको देशको राज्यद्वारा सञ्चालित इएन टेलिभिजनले जनाएको छ । उहाँलाई पद र शक्तिको दुरुपयोग गरेको, सार्वजनिक कोषको रकम खर्च गरेको, व्यापारीहरुसँग फाइदा लिएको लगायतका अभियोगहरू लगाइएको छ । भ्रष्टाचारको अभियोगमा पक्राउ पर्नेमा उहाँ दोस्रो शीर्ष नेता हुनुहुन्छ । यसअघि अर्का पूर्व प्रधानमन्त्री अहमद औयाहियालाई पनि भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरिएको थियो । अल्जेरियामा पछिल्लो समयमा भ्रष्टाचार विरोधी अभियान सशक्तरूपमा अगाडि बढेको र अभियानकै प्रभाव स्वरूप विशिष्ट व्यक्तिहरूलाई पनि पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई