इंग्ल्यान्ड ४-० को सहज जितसँगै सेमिफाइनलमा प्रबेश


काठमाडौँ, २० असार :  कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्ड ४-० को सहज जितसँगै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा नै इंग्ल्यान्डले केनको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै गोल खाएपछि युक्रेन सम्हालिन सकेन । त्यसको केहि मिनेटमा नै केनले हेडरमार्फत गोल गर्दै अग्रता बढाएपछि युक्रेनले रक्षात्मक खेल खेलेको थियो । जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल थपेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ उन्मुख भएको थियो ।

काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि प्रतियोगितामा हालसम्म गोल नखाएको इंग्ल्यान्डको डिफेन्सले संयमित प्रदर्शन गरेको छ । आक्रमणमा इंग्ल्यान्डले थप अवसर सिर्जना गरेपनि युक्रेनी गोलरक्षक बाधक बनेका छन् ।

अब इंग्ल्यान्डले फाइनल प्रवेशका निम्ति डेनमार्कको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई