गुठीसम्बन्धी विधेयक पास हुन दिँदैनौँ : सभापति देउवा


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक पक्षलाई जोड दिएर अलग्गै पहिचानसहितको एकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति र सभ्यतामा प्रहार नगर्न अनुरोध गर्नुभयो । जनताको अधिकार र स्वतन्त्रता कुनै पनि हालतमा खोस्न नदिने उहाँको भनाइ थियो । सभापति देउवाले आगामी दिनमा काङ्ग्रेसलाई पूर्णरुपमा बहुमत दिलाउन जुझारु भएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र गुट उपगुट मौलाएको बताउनुभयो । “गुट उपगुट बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो । विचार, सिद्धान्त र इतिहासमा सशक्त भूमिका खेलेको आफ्नो पार्टी आन्तरिक विवादकै कारण निर्वाचनमा हारेको उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई