अवैध आयुर्वेद औषधि पसल ‘सिलबन्दी’


अवैधरुपमा सञ्चालन गरेको भन्दै नेपालगञ्जको एक आयुर्वेद औषधि पसललाई ‘सिलबन्दी’ गरिएको छ । शुक्रबार गरिएको अनुगमनका क्रममा नेपालगञ्ज–१० सुर्खेतरोडमा रहेको अष्टाङ आयुर्वेद पसललाई सिलबन्दी गरिएको हो । दर्ता नगरेर सञ्चालनमा रहेको सो औषधि पसलले प्रतिबन्धित औषधि बिक्री गरेको र भ्रमात्मक प्रचारप्रसार गरेको पर्चा टोलीले फेला पारेको औषधि व्यवस्था कार्यालय, नेपालगञ्जका सुपरभाइजर यादवप्रसाद ढकालले बताउनुभयो । यसैगरी अनुगमन टोलीले नेपालगञ्जको चितवन एग्रोभेट, हरिओम मेडिकल, उपकार मेडिकल हल र कुलाइसा मेडिकल हलको पनि अनुगमन गरेको थियो । सो एग्रोभेटले दर्ता नभएको औषधि बिक्री गरेको, म्याद नाघेको औषधि पसलमा राखेको, भेटेनरी औषधि पसल भए पनि कृषिको बीउबिजन, तथा कीटनाशकजस्ता विषादी राखेको पाइएकाले विभाागीय कारवाहीका लागि औषधि व्यवस्था कार्यालयमा बोलाइएको सुपरभाइजर ढकालले बताउनुभयो

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई