गुठी के हो? कस्ता कस्ता गुठी छन? गुठीका बारेमा सामान्य जानकारी


गुठी के हो?
देवी देवताको पूजाआजा, पर्व, जात्रा चलाउन वा मठ मन्दिर, देवस्थल आदि जस्ता धार्मिकस्थल वा अन्य सामाजिक परोपकारी र साँस्कृतिक कार्यको लागि दाताले आफ्नो हक छाडी राखी दिएको सम्पत्तिलाई गुठी भनिन्छ ।

गुठीका प्रकार

१. राजगुठी: गुठी संस्थानको स्थापना हुनु पूर्व नेपाल सरकाले बन्दोवस्त र संचालन गरी आएकोमा गुठी संस्थान ऐन, २०२१ को दफा २(घ) बमोजिम त्यस्ता गुठीमा नेपाल सरकारबाट संस्थानमा हक र दायीत्व सर्न आई संस्थानले बन्दोवस्त र संचालन गरेको गुठी राजगुठी हुन्। यसमा अमानत र छुट गुठी गरी दुई प्रकारका छन्ः
(क) अमानत गुठी: गुठीको सम्पूर्ण आयस्ता गुठी कोष (संस्थानको कोष) मा जम्मा गरी खर्च पनि सोही कोषबाट विनियोजित बजेट बमोजिम हुने गुठी । यस्ता गुठीहरु देश भित्र १०५० को संख्यामा छन्।

(ख) छुट गुठी: गुठीको आयस्ता गुठीयार आफंैले उठाई लिखत तथा परम्परा बमोजिम गुठीको पूजाआजा, पर्व, जात्रा चलाई बाँकी रहेको शेष रकम राजगुठीमा बुझाउने वा गुठीयार आफैले खान पाउने गरी छुट पाएका गुठी । यस्ता गुठीका गुठीयार, महन्थ, पुजारी आदिको सम्पूर्ण हक गुठी ऐनको दफा १९ ले समाप्त गरी संस्थानमा सरेको छ । यस्ता गुठी देश भित्र १०३२ छन्।

२. निजी गुठी: राज गुठीको लगतमा दर्ता नभएका र व्यक्ति आफैले स्थापना र संचालन गर्दै आएका व्यक्तिगत वा पारिवारिक दुनिया गुठीलाई निजी गुठी भनिन्छ । यस्ता गुठीको लगत सम्म संस्थानले लिन सक्ने व्यवस्था गुठी संस्थान ऐन दफा १९ (क) ले गरेको छ । निजी गुठीका दाता सहित अघिकांश गुठीयारले लिखित अनुरोध गरेमा त्यस्तो गुठी संस्थानले जिम्मा लिई संचालन गर्न सक्तछ भने सामाजिक हितको लागि राखिएको निजी गुठीका गुठीयारले गुठीको सम्पत्ति हिनामिना गरी धर्मलोप गरेमा गुठीयारले अनुरोध नगरे पनि ऐनको दफा २०(२) बमोजिम संस्थानले आफ्नो जिम्मामा लिई संचालन र बन्दोवस्त गर्न सक्तछ ।

गुठीका जग्गा को प्रकार
गुठी संचालनको लागि खर्चको स्रोत जुटाउन आयस्ता आउने गरी दाताले आफ्नो हक छाडी राखिदिएका जग्गा नै गुठी जग्गा हुन्। गुठी जग्गा पाँच प्रकारका हुन्छन्ः
१. गुठी तैनाथी जग्गा: कोही कसैको हक नभएको देवस्थल, बाग, बगैंचा, पोखरी, पाटी, पौवा रहेका क्षेत्रका जग्गा र संस्थानले वाली ठेक्का, बहाल आदिमा दिन वा लिलाम गरी बिक्री गर्न सक्ने जग्गा ।

२. गुठी अधीनस्थ जग्गा: दर्तावालाले गुठीमा कुत बुझाउनु पर्ने जग्गा अर्थात मोही लागेका गुठी जग्गा । यस्ता जग्गामा दर्तावाला र जोताहा मोही भएमा दर्तावालाको सम्पूर्ण हक समाप्त भई खास जोताहा किसानले प्रचलित कानून बमोजिम मोहीयानी हक पाउँछ ।

३. गुठी रैतान नम्बरी जग्गा: दर्तावालाले गुठीमा मालपोत बुझाउनु पर्ने जग्गा । यस्ता जग्गामा दर्तावालाको हक हैसियत सरकारी रैकर जग्गाका जग्गावाला सरह हुन्छ र रैकर जग्गा सरह नै मालपोत गुठीमा बुझाउनु पर्छ ।

४. गुठी नम्बरी जग्गा: गुठीका नाममा दर्ता भएका रैकर जग्गालाई गुठी नम्बरी जग्गा मानिन्छ । यस्ता जग्गाको मालपोत गुठीले स्थानीय निकायलाई बुझाउनु पर्छ ।

५. खान्गी जग्गाः ऐनमा खान्गी जग्गा भनी छुट्टै परिभाषा नगरिए पनि गुठीको निश्चित काम गरे वापत गुठीका कामदारले जोती भोग गर्न पाउने जग्गालाई गुठीका खान्गी जग्गा भनिन्छ । अर्को भाषामा भन्दा यी जागिर जग्गा हुन्।

गुठी अन्तर्गतको जग्गा:
जग्गाको किसिम पहाडतर्फ(रोपनी) तराईतर्फ (विगाहा)
(क) रैतान नम्बरी ३,१५,४७२/ ६२,२५६
(ख) अधिनस्थ २,४३,६०७ / २,१९६
(ग) तैनाथी २,९११ / १,८७८
जम्मा ५,६१,९९० / ६६,३३०

देशभरीको राजगुठी संख्या – २०८२
(क) अमानति – १०५०
(ख) छुट – १०३२

उपत्यकामा रहेको राजगुठी अमानति छुट
(क) काठमाडौं – ३९२ / २५८
(ख) भक्तपुर ८६ / २१५
(ग) ललितपुर ७८ / ८३

जात्रा पर्वहरु का गुठी (उपत्यका भित्र)
(१) काठमाडौं तर्फ – १२८२
(२) भक्तपुर तर्फ – ३०९
(३) ललितपुर तर्फ – ४२२

देवस्थल/पोखरीहरुका गुठी

(१) मठ मन्दिर – ७१७
(२) पाटी, पौवा, सत्तलहरु –६४७
(३) पोखरी – १५९

पशुपति क्षेत्र भित्रको जात्रा गुठी
(क) अमानत गुठी –८४
(ख) छुटगुठी – ६९
(ग) रकमी कामदार – १२७५

गुठीको देवस्थल, पाटी, पौवा,
(क) मठमन्दिर – ७१७
(ख) पाटी पौवा – ६४७
(ग) पोखरी – १५९

अन्य जानकारी

-नेपाल सरकारले गुठी जग्गा उपयोग गरे वापत संस्थानलाई दिनुपर्ने रकम करिव एक अरब पच्चिस
करोड ।
-निजी गुठीहरुको अभिलेख राख्ने व्यवस्था ऐनको दफा १९ (क) ले गरे पनि मालपोत कार्यालयहरुबाट नीजिगुठीको अभिलेख सवैलिन आज सम्म सकेको छैन । समय समयमा गुठी संस्थानले नीजि गुठीका गुठीयारहरुलाई लगत बुझाउन सूचना प्रकाशित गरे पनि गुठीयारले लगत बुझाएका छैनन्।

प्रतिक्रिया दिनुहोस  
एमाले अध्यक्ष ओलीलाई एमाले कार्यकर्ताको मार्मिक खुलापत्र

केपी बालाई खुल्ला पत्र केपी बा हामी पनि तपाईकै मान्छे तपाईलाई राष्ट्रिय बा हाम्रो अभिभावक

एमाले काठमाडौ अधिवेशन : केही अवमूल्यन नोट

आयोजक हुँ त्यसैले यी सवाल र सुझावहरूको केही प्रतिशत नैतिक रूपमा जिम्मेवारी लिनुपर्छ मैले पनि

उपसना गर्ने तिथिलाई दशैंमा सारेर हिन्दु-बौद्धबीचमा द्वन्द्व गराउने नियोजित षड्यन्त्र

मोहन लामा रूम्वा पवित्र बौद्धग्रन्थअन्तर्गत काग्युरग्रन्थमा उहाँको वाणी “ञ्युङने फेन छेम्बो”मा “हे कूलपुत्र-कूलपुत्री हो, ञ्युङने

सामूहिक नेतृत्व भनेको भीडको नेतृत्व हो

केशवप्रसाद भट्टराई   सामूहिक नेतृत्व भनेको भीडको नेतृत्व हो! अराजकता र निर्णयहीनता पनि हो !

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई