ब्राजिल कोपा अमेरिकाको फाइनलमा


एजेन्सी । साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । सोमबार भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल फाइनलमा पुगेको हो ।

लुकास पाकेस्टाले खेलको ३५ औं मिनेटमा नेइमारको ब्याकपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका पाकेस्टाले शानदार गोल गरेपछी ब्राजिलले अग्रता लिएको थियो ।

दोस्रो हाफमा पेरुले खेलमा फर्कने प्रयास गरेको थियो । समूह चरणको खेलमा ४–० ले हारेको पेरुले सेमिफाइनलमा पुगे बलियो चुनौति पेस गरेको थियो । खासगरी दोस्रो हाफमा उसले अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल गर्न सकेन ।

ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई