नेपाली बेचबिखन गर्ने पक्राउ


नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाइ रु पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पु¥याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “बन्दक बनाएका नागरिकलाई काममा लगाएर पारिश्रमिक नदिने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरो प्रमुख कार्कीले बताउनुभयो । पक्राउ परेका राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर रु १० लाख धरौटीमा रिहा भएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई