होटलको ‘सेफ्टीक ट्याङ्की’ सफा गर्ने क्रममा सातको मृत्यु


भारत, ३२ जेठ: भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले होटल मालिकले लापर्वाही गरेको पनि बताएका छन् । मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका अरु तीन जना रहेको प्रहरीले जनाएको छ । भारतमा हरेक बर्ष यस्तै घटनामा परी सयौँ मजदुरको मृत्यु हुनेगरेको छ । सफाईका लागि पर्याप्त श्रोत साधनको प्रयोग नगर्ने र लापर्वाही गरेकाले उनीहरुको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन् । “सुरुमा ट्याङ्कीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्,” उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नी नियन्त्रण अधिकृत निकुन्ज आजादले भन्नुभयो ।

सफाईकै लागि आएका चारै जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना गएका थिए । उनीहरु पनि बाहिर आउन नसकेको उहाँले बताउनु भयो । अहिले उनीहरु सवैको शब बाहिर निकालेर पोष्ट मार्टम गर्न पठाइएको आजादले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई