दलित युवकको छुरा हानी हत्या


गुजरात, ३२ जेठ: भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ । प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए ।

आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । यस आक्रमणमा परी अन्य दुईजना गम्भीर घाइते भएका जनाइएको छ । प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए । उनको परिवारमा पत्नी र दुई छोराछोरी छन् ।प्रकाशको हत्यापश्चात् दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए । बुधवार अबेर राती थानगढको मफतियापरा क्षेत्रमा भएको आक्रमणमा गम्भीर घाइते भएका प्रकाशलाई उपचारका लागि राजकोट लगिएको उनको उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्र्रकाश र उनको परिवार आफ्नै घरमा बसिरहेको अवस्थामा मानिसहरू घर बाहिर आएर अपशब्द बोल्न शुरू गरेका प्रकाशका काका बाबुभाई परमारले बीबीसी गुजरातीसँग बताएका छन् । उनीहरूले आफ्नो जातिलाई जोडेर नराम्रो कुराहरू भन्दैे आफ्ना भतिजाको बारेमा सोध्न थालेका बाबु्भाईले बताएका छन् । प्राय भतिजा प्रकाशको घरमा बस्ने गरेका बाबुभाईको त्यस दिन भने उनी बाहिरबाट आएका र थाकेकाले प्रकाशको घर गएका थिएनन् ।

उक्त घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी डीवी बासियाले बीबीसी गुजरातीलाई बताए छन् । घटनापछि दलित समाजले प्रकाशको शव लिन अस्वीकार गरेका र त्यसले गर्दा त्यस क्षेत्रमा तनाव थप बढेको बताइएको थियो । उनीहरूले धर्ना दिएर आरोपीलाई पक्राउ गर्न माग गरेका छन् । करिब छ घण्टासम्म प्रहरीसँग भएको छलफलपश्चात् पीडित परिवारले प्रकाशको शव बुझ्न तयार भएका थिए । तर बारम्बार आफूहरु यता पिडाबाट गुजरिनु परेको र आफूहरु यस क्षेत्रमा नबस्ने बताउँदै सो दलित परिवारले सरकारसँग कुनै सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन माग गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई