क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै   


काठमाडौँ, २४ असार (रासस) ः
‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनुहुनेछ । द हन्ड्रेड क्रिकेट प्रतियोगिता उहाँले ओभलबाट खेल्नुहुनेछ । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित हुनुभएको हो । द हन्ड्रेड प्रतियोगितापछि उहाँले क्यारेबीयन प्रिमियर लिग ९सिपिएल० खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा   

काठमाडौँ, १४ साउन (रासस) : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५

टोकियो ओलम्पिक ः आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा , कुन देशले कती पदक जिते   

काठमाडौँ, ११ साउन ः जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान

विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालका पाँच खेलाडी   

काठमाडाँै, ६ साउन (रासस) ः जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका

कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनालाई, ब्राजिल पराजित

कोपा अमेरिका २०२१ अन्तर्गत फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध जित हासिल गरेको छ । विंगर एन्जल

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई