“उत्पादकत्व वृद्धि, रोजगारी अभिवृद्धि, सबल अर्थतन्त्र र आत्मनिर्भरता हाम्रो अहिलेको लक्ष्य हो ।” – प्रधानमन्त्री ओली


काठमाडौँ, २५ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्ने नीति अङ्गीकार गरिएको बताउनुभएको छ । ‘कानूनी सुधारः समृद्धिको आधार’ विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसङ्घको आज राजधानीमा भएको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सँधै सघाइरहने बताउनुभयो ।

“देशको आर्थिक विकासका लागि आवश्यक पर्ने ऐन, नियम, कानूनका साथै भौतिक पूर्वाधार निर्माणमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्छ, पारदर्शी ढङ्गले औद्योगिक क्षेत्रमा लगानी गर्नुहोस्”, मूल्य अभिवृद्धि कर ९भ्याट० को नक्कली बिल बेच्ने, नक्कली कारोवार र अपारदर्शी गतिविधि निरुत्साहन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो । स्वदेशी उद्योगलाई प्रोत्साहन एवं संरक्षण गर्न सरकार दृढ रहेको बताउँदै उहाँले अनैतिक र ठगी गर्नेजस्ता गतिविधि नगर्न आग्रह गर्नुभयो । कुनै पनि बहानामा अब आर्थिक विकास गर्न सकिएन भन्नुपर्ने अवस्था नरहेको तथा अब राजनीतिज्ञ, उद्योगपति, व्यापारी र उच्च कर्मचारीतन्त्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले निजी क्षेत्रलाई यन्त्र, प्रविधि, कच्चा पदार्थलगायत क्षेत्रमा सघाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालको उर्वर भूमि, अपार जलस्रोत र खनिज पदार्थले समृद्धिको मार्गमा सघाउने भएकाले तिनको उपयोगका लागि प्रविधि र पूँजी जुटाउन आफू लागिपरेको जानकारी दिँदै प्रधानमन्त्रीले गत साता राजधानीमा सम्पन्न लगानी सम्मेलनले बाह्य लगानीको वातावरण तयार पारेको बताउनुभयो । उद्योग, व्यवसाय र आर्थिक गतिविधिका निम्ति अनुकूल वातावरण तयार भएकाले राष्ट्रिय हित र अर्थतन्त्रको विकासका लागि समाजका सबै वर्गले समस्या मात्र देखाएर नभई समाधान गरेर प्रगतिपथमा अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादकत्व वृद्धि, रोजगारी अभिवृद्धि, सबल अर्थतन्त्र र यसमा आत्मनिर्भरता हाम्रो अहिलेको लक्ष्य हो ।”

त्यस अवसरमा प्रधानमन्त्रीले निकासी प्रवद्र्धनमा योगदान गरेका डिएचएल एक्सप्रेस, रिलाइन्स स्पिनिङ मिल्स र जगदम्बा स्पिनिङ मिल्सलाई सम्मान गर्नुभयो । त्यसैगरी उहाँले नेपालको औद्योगिक प्रवद्र्धनमा सक्रिय सहयोग गरेकामा ‘सिएनआइ अध्यक्ष सम्मान’बाट बालकृष्ण श्रेष्ठ, शिवरतन शारदा, पवन गोल्यान, विजय शाह र सिएनआइका पूर्वअध्यक्ष नरेन्द्र बस्नेतलाई अभिनन्दन गर्नुभयो । सोही समारोहमा प्रधानमन्त्रीले परिसङ्घले यसै वर्ष आयोजना गरेको पूर्वाधार सम्मेलनका सुझावको सँगालोको पनि विमोचन गर्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले समृद्धिको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखिएको यथार्थ सुनाउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक विकासको बाटो खुलेको छ, नियम कानून क्रमशः परिमार्जन हुँदैछन्, शासकीय सुधारका कामलाई पनि गतिशील तुल्याइएको छ ।” सेवा र वस्तुको निर्यात गर्ने अवस्थामा नेपाल रहेको छ भन्दै उहाँले मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउनुभयो ।
परिसङ्घका संस्थापक अध्यक्ष विनोद चौधरीले राजनीतिको केन्द्रमा आर्थिक विकास रहेको अहिलेको अवस्थामा समृद्ध नेपालको अबको यात्रामा निजी क्षेत्रले साथ दिने दृढता व्यक्त गर्नुभयो । परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बितेका तीन वर्षमा परिसङ्घले गरेका गतिविधि र यसले देशको अर्थतन्त्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । साधारणसभाले आजै नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई