नेपाल–भारत सिमा जोड्ने पुल चार दिनका लागि बन्द


दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।

भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो । नेपाल–भारत जोड्ने खलङ्गास्थितको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मतकार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाइदिन उपखण्ड लोक निर्माण विभाग धार्चुलाले अनुरोध गरेको छ । यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मतकार्य गर्ने जनाए पनि अन्तमा भारतीय पक्षले मर्मतकार्य भने गरेको थिएन । विसं २०२८ तिर निर्माण गरिएको उक्त झोलुङ्गे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मतकार्य गरिने बताइएको छ ।

भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको हरेक तीन वर्षमा मर्मतकार्य गरिँदै आएको छ । सोहीअनुसार भारतीय पक्षले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको मर्मत गर्न लागेको हो । भारतीय बजारमा निर्भर स्थानीय नेपाली झोलुङ्गे पुल बन्द हुँदा समस्यामा पर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई