लैङ्गिक समानताका लागि स्वीट्जरल्याण्डका महिला सडक आन्दोलनमा


स्वीट्जरल्यान्डका महिलाहरूले लैङ्गिक समानताका लागि सडकमा प्रदर्शन गरेका छन् । राजधानी बर्न लगायतका शहरमा शुक्रबार गरिएका प्रदर्शन समानताका लागि बताइएको छ ।

सन् १९९१ मा पनि महिलाहरूले समानताका लागि भनेर सडकमा आएका थिए । स्वीस महिलाहरूले लैङ्गिक समानताको गति तीव्र पारियोस भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन् । आन्दोलनका आयोजक समूहले भनेका छन्, “स्वीट्जरल्याण्डमा शुक्रबार भएको प्रदर्शनमा ‘सयौँ हजारको सङ्ख्या’मा महिलाहरू परिचालित भएका दावी गरेका छन् । स्वीट्जरल्याण्डको विभिन्न १६ महिला अधिकारवादी समूहको छाता संगठन यूएसएसले एक विज्ञप्ति जारी गरी भनेको छ, “इतिहासमा सन् २०१९ को जुन १४ राजनीतिक अधिकारका हिसाबले विशेष दिनको शुरूवात हुनेछ । किनकी दिनभर लाखौँ महिलाहरूले हडतालमा सहभागिता जनाएका छन् ।” सन् १९१८ मा प्रथम विश्व युद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरूसँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्केका थिए । तर उनीहरूले सन् १९७१ मा मात्र त्यो अधिकार प्राप्त गरेका थिए । सन् १९९१ को हडतालका बेला स्वीस सरकारमा कोही पनि महिला थिएनन् र त्यहाँ सुत्केरी बिदाको कानुनी व्यवस्था पनि थिएन ।

सन् १९९१ मा स्विट्जरल्यान्डको सर्वोच्च अदालतले ’अप्पेनजेल क्यान्टन’लाई महिलाहरूलाई मतदानको अधिकारको रोक फुकाउन आदेश दिएको थियो । अहिले यहाँको सरकारमा आठजना महिला मन्त्री बनेका छन् । तर अहिलेपनि स्विट्जरल्यान्डमा पुरुषको तुलनामा महिलाहरू २० प्रतिशत कम तलब पाउने गरेका प्रदर्शन आयोजक संस्थाहरूले जनाएका छन् । व्यवस्थापकीय ओहोदामा महिलाको प्रतिनिधित्व कम भएकाले अझै पनि महिलाका मुद्दा छायामा परेका उनीहरूको दावी छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई