पाकिस्तानमा शक्तिशाली बम विष्फोट, चिनियाँ नागरिकसहित १२ को मृत्यु   


इस्लामाबाद, ३१ असार (रासस÷सिन्ह्वा) ः
पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट भएको छ ।

घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।

स्थानीय समय बुधबार बिहान सात बजे चिनियाँ कम्पनीले निर्माणको लागि ठेक्का लिएको दासु हाइड्रोपावर प्रोजेक्टको शटल गाडीहरू निर्माण स्थलतर्फ जाँदै गर्दा विस्फोट भएको थियो । दूतावासले एक विज्ञप्तिमा भने पाकिस्तानी पक्षले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, “दूतावासले विस्फोटपछि तत्काल आपतकालीन प्रतिरोध संयन्त्रलाई सक्रिय गरेको छ । पाकिस्तानी सेना र विदेश विभाग तथा आन्तरिक मन्त्रालयलगायत पाकिस्तानी सरकारी विभागहरूसँग सम्पर्क राखी पाकिस्तानी पक्षलाई उद्धार र उपचारको सेवाका लागि अनुरोध गरेको छ ।”

पाकिस्तानमा चिनियाँ संस्था, परियोजना र श्रमिकहरूले यस घटनाको जतिसक्दो छिट्टै सत्यतथ्य पत्ता लगाउँन आग्रह गरेको छ ।

बम विष्फोट भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य आरम्भ गरी घाइतेहरूलाई स्थानान्तरण गर्न हेलिकप्टर पठाएको छ ।

दूतावासले उक्त बममा विष्फोटमा घाइते तथा मृतकप्रति हार्दिक संवेदना र दुख व्यक्त गरेको छ । जिल्लाको दसु क्षेत्रका सहायक आयुक्त असिम अब्बासीले सिन्ह्वालाई घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने बताउनुभएको छ ।

जिल्लाका डेपुटी कमिस्नर मुहम्मद आरिफले सञ्चारमाध्यमसँग भन्नुभयो, “गम्भीर घाइतेहरुलाई प्रान्तको राम्रो सुविधा भएका अस्पतालमा लगिएको छ र सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हाली खोजी अभियान सुरु गरेको छ । घटनाको कुनै समूह वा व्यक्तिले समाचार तयार पार्दासम्म अझै दाबी गरेको छैन ।
–––

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई