एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्ध: राष्ट्रपति सी



ताजकिस्तान, ३२ जेठ ९रासस÷सिन्ह्वा० ः चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ ।

शनिबार ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजित एशियाली मुलुकबीच विश्वास निर्माणका लागि भएको एक सम्मेलनमा उहाँले यस क्षेत्रको सुरक्षा, विकास, स्थिरता तथा समृद्धिका लागि आवश्यक सहकार्य गर्न र सिर्जनात्मकरूपमा एशियाको निर्माण गर्न चीन सधैँ प्रतिवद्ध रहने पनि बताउनुभयो । उहाँले ‘बेल्ट एण्ड रोड कोअपरेसन’ मार्फत बजारलाई थप विश्वशनीय बनाउनका चीनको विशेष पहल भइरहेको पनि उहाँले बताउनुभयो ।

“एशिया वर्तमान विश्वको सबैभन्दा ठूलो विकासशील जीवनशैली र निश्चित शक्ति रहेको क्षेत्रहरुमध्ये एक हो तर यसले असामान्य आर्थिक विकास, सुरक्षा र प्रशासनका मुद्दाहरू जस्तै चुनौतिहरूको सामना पनि गरिरहेको छ,” राष्ट्रपति सीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०१५देखि एशियाली मुलुकले सहयोगको विचार र सहयोग अनुभव आदानप्रदान गरिरहेको तर सम्बन्धित पक्षहरुसँग एशिया पारस्परिक सहयोग तथा विश्वासको प्रक्रियालाई अझ अघि बढाउन पहल गरिनुपर्ने देखिएको छ ।”

एशियाली मुलुकले संयुक्त, मैत्रीपूर्ण,सहयोगात्मक र दीगो भन्ने नयाँ सुरक्षा अवधारणालाई व्यवहारमा उतार्नुपर्ने पनि सीले उक्त अवसरमा बताउनुभयो ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँगको मैत्रीपूर्ण सहयोग बढाएर सम्बद्ध मुलुकसँगको भौगोलिक सार्वभौतिकता र समुद्री अधिकार विवादको शान्तिपूर्ण रूपमा समाधान गर्ने र वार्ता तथा सल्लाह गरी क्षेत्रीय मुद्दामा समाधान खोज्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई