बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु   


सिन्धुपाल्चोक, ६ साउन (रासस) :
हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ ।

हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो । मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको हो । रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले रु ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई साररै छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले हेल्भेटास नेपालबाट ४० र केयर नेपालबाट २० वटा निमार्णको शुरु भइसकेको जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिनुभयो । मेलम्ची नगरपालिकामा पनि केयर नेपाललगायतले आवास निर्माण गर्ने बताइएको छ ।

बाढीबाट प्रभावित स्थानीय तहलाई रु १२ लाख सहयोग

गत असार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तहहरु मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई नेपाल सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले रकम सहयोग गरेको छ ।

मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई रु तीन÷तीन लाख र हेलम्बु गाउँपालिकालाई रु छ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा शम्भुप्रसाद कट्टेलले जानकारी दिनुभयो । सो रकम मेलम्ची नपामा सोमबार नगरप्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरिएको थियो । पाँचपोखरी थाङपाल गापा अध्यक्ष टासी लामा काम विशेषले काठमाडौँमा रहनुभएकामा उहाँलाई भेट गरी मङ्गलबार हस्तान्तरण गरिएको कट्टेलले बताउनुभयो ।

त्यस्तै सोमबार हेलम्बु गाउँपालिकालाई रु छ लाख रकम सहयोग गरिएको छ । सो रकम अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सोमबार हस्तान्तरण गरिएको हो । रकम प्रदान गर्दै कट्टेलले हेलम्बुको समस्यामा सहयोगका लागि लागि पर्दा शुभेच्छुकबाट स्वःस्फूर्तरूपमा सङ्कलित भएको रकमले सानै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सहयोग रकम नेपाल सरकारका पूर्वसचिव शर्माको अग्रसरतामा मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा कट्टेल र कर्मचारी ऋषिराम पौडेलको प्रत्यक्ष सहभागितामा मेलम्ची खानेपानीसँग जोडिएका व्यक्ति, संस्था, कम्पनी तथा आयोजनाका कर्मचारीबाट सङ्कलित भएको रकम हो ।
–––

प्रतिक्रिया दिनुहोस  
गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग

दमौली, १७ साउन (रासस) : कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई रु दुई लाख

शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द 

पाँचथर, १७ साउन (रासस) : कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले

चोरिएको मोटरसाइकलसहित तीन पक्राउ

काठमाडौँ, १७ साउन (रासस) : महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ

उद्योग थपिँदै रोजगारी बढ्दै 

परासी, १७ साउन (रासस) ः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक वर्षका अवधिमा दुई हजार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई