प्रहरीले समात्यो काठमाडौंका ८२ पाकेटमार


नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट तथा झोलामा रहेको नगद, मोबाइल तथा गरगहना चोर्दाचोर्दै पक्राउ गरिएको जानकारी दिएको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विभिन्न बसमा दुई जनाका दरले समूह बनाएर बसभित्र छिरेर पैसा भएको यात्रु पत्ता लगाई ठेलमठेल गरेर नगद तथा गरगहना चोर्ने गरेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो । “पाकेटमारी गर्दा साङ्केतिक भाषा प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । प्रहरीले यसभन्दा पहिला पनि काठमाडौँका विभिन्न भागबाट १०० भन्दाबढी पाकेटमारीलाई पक्राउ गरेको थियो । प्रहरीले पाकेटमारी गर्दागर्दैै विभिन्न व्यक्तिबाट रु छ लाखभन्दा बढी बरामद गरेकामा सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । प्रहरीले पाकेटमारीबाट २१ थान मोबाइल, दुई थान ल्यापटपसमेत बरामद गरेको छ । पहिलोपटक पाकेटमारी गर्नेलाई एक महीना जेल र बिगो बराबरको जरिवाना साथै दोस्रोपटक पाकेटमारी गर्नेलाई दुई महीना कैद, बिगोबमोजिमको जरिवाना वा दुवै सजाया हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई