घट्याे पेट्राेलकाे मूल्य ,यस्तो छ नयाँ मूल्यसूची

काठमाडाैं : नेपाल आयल निगमले पेट्राेलियम पदार्थमा २ रूपैयाँ मूल्य घटाएकाे छ । घटेको मूल्य हिजो रातिदेखि नै लागू हुने जनाएको छ ।
घटेकाे मूल्य अनुसार पेट्राेल १ सय ८ रूपैयाँ तथा डिजेल र मट्टितेलकाे ९६.५० रूपैयाँ कायम भएकाे छ ।
नेपाल आयल निगमका अनुसार समायाेजन गरिएकाे मूल्य काठमाडाैं थानकाेट डिपाेकाे १५ किलाेमिटरकाे क्षेत्रमा लागू हुनेछ ।
हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।