शेयर बजार : नौ अङ्कको सुधार


काठमाडौँ, २५ चैत : लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.३२ बिन्दुले बढेर एक हजार १९१.९७ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज उच्च अङ्कले वृद्धि भएको छ । कूल १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता शेयर रु ९० करोड ६९ लाख ३६ हजार ७६३ मूल्य बराबरका शेयर खरीद बिक्री भएका छन् ।

कारोवार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ५.५ र अन्य उपसमूह २.५६ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ४.९८, विकास बैंक १.८३, जलविद्युत् ०.६९, वित्त १.२७, निर्जीवन बीमा १५३.७, उत्पादन ०.३१, लघुवित्त ३६.५१ र जीवन बीमा १६७.५ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा पनि एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ६३ लाख ८९ हजार ४९३, एनएमबी बैंक रु पाँच करोड ४२ लाख एक हजार ६५५, नेपाल इन्भेस्टमेन्ट बैंकको रु चार करोड ३२ लाख ६४ हजार ६७४, नेको इन्स्योरेन्स रु चार करोड २१ लाख ८८ हजनार २८१, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु तीन करोड ९८ लाख ६७ हजार ७२३, नेपाल बैंक लिमिटेड रु तीन करोड ७५ लाख ३२ हजार २३५ मूल्यको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमइ समुन्ति स्किम एक ९.८०, स्वरोजगार लघुवित्त विकास बैंक ८.४२, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.१२, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५३ बिन्दुले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनीका शेयरधनीले ४.५७ प्रतिशतले गुमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनी ४.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ३.०६, सिन्धु विकास बैंक ३.०३, अरुण कावेली पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई