एमालेका प्रभावशाली नेता डा भीम रावलको ट्विट : समाचार स्तब्धकारी छ


काठमाडौँ, १६ साउन : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता डा भीमबहादुर रावलले दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गा.पा.का ३५ वर्षीय जयसिंह धामी नदीमा वेपत्ता भएको घटना स्तब्धकारी भएको बताउनु भएको छ ।

सामाजिक सन्जाल ट्विटरमा ट्विट हिजो गर्दै प्रभावशाली नेता रावलले उक्त कुरा बताउनु भएको हो ।

भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात यस्तो क्रुर अमानवीय कार्यको छानबीन होस्,भारतसंग वार्ता गरी दोषीलाई कार्वाई गरियोस् र मृतकका परिवारलाई राहत प्रदान गरियोस् ट्विटमा उल्लेख गर्नुभएको छ ।

रावलको ट्विट

दार्चुला जिल्लाको व्यास गा.पा.का ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर बगेको समाचार स्तब्धकारी छ।यस्तो क्रुर अमानवीय कार्यको छानबीन होस्,भारतसंग वार्ता गरी दोषीलाई कार्वाई गरियोस् र मृतकका परिवारलाई राहत प्रदान गरियोस्।

प्रतिक्रिया दिनुहोस  
एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन   

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान

  भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ८ असोज (रासस÷एएनआई) भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता   

अमेरिका, असोज ८ (रासस-एएनआई): भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध   

तेल अभिभ, ८ असोज (रासस÷सिन्ह्वा) इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई