सुरक्षित औद्योगिक वातावरण निर्माण गर्नका लागि कच्चा पदार्थ बोकेका मालबाहक ढुवानी साधानलाई जथाभावी नरोक्न गृहको आग्रह


गृह मन्त्रालयले उद्योग क्षेत्रमा प्रयोग हुने कच्चापदार्थ उद्योग परिसरसम्म निर्बाध रुपमा सञ्चालन गरी औद्योगिक वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई पूरा गर्न सबै प्रकारका मालवाहक ढुवानीका साधनबाट औद्योगिक कच्चापदार्थ उद्योग परिसरसम्म निर्बाध रुपमा आवागमन गरी उद्योगमैत्री वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई पत्राचार गरेको हो । मन्त्रालयले भन्सारमा चेकजाँच गरिसकेका कच्चापदार्थ बोकेका सवारी साधनलाई नेपाल प्रवेशपछि सडकमा गुड्ने क्रममा जथाभावी दुःख हैरानी दिने गरेको गुनासो मन्त्रालयमा आएको भन्दै उक्त गुनासो सम्बोधन गर्नका लागि स्थानीय प्रशासनलाई पत्राचार गरेको हो । प्रवेश नाकामा मालवाहक ढुवानीका साधनलाई सम्बन्धित प्रवेश विन्दुमै राजश्व, भन्सार, क्वारेन्टाइन, सीमा प्रहरी, सीमा सशस्त्र प्रहरीसमेतका निकायबाट कानूनबमोजिम जाँच हुने भएकाले त्यसपछि जथाभावी जाँच गरेर दुःख नदिन प्रशासनलाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कुनै पनि मालवाहक सवारी साधनमा गैरकानूनी तवरले सामान ओसारपसार भएको आशङ्का लागेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बद्ध निकायले जुनसुकै समय र जुनसुकै स्थानमा जाँच गर्न सक्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई