जिरोप्वाइन्ट नजिकमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु


धरान, २५ चैत (रासस) ः धरान–१३ जिरोप्वाइन्ट नजिकमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ । ब्रेकफेल भएर पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको ना६ख २७१३ नंको यात्रुबाहक बस जिरोप्वाइन्ट नजिकैको विजुली पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक छत्रबहादुर गुरुङको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । धरान उपमहानगरपालिका ८ का चालक गुरुङ लामो समयदेखि पहाडी रुटमा बस चलाउदै आएको थियो । गुरुङले बसको ब्रेक फेल भएको थाहा पाएपछि क्षति कम गराउन खोजेको प्रहरीको भनाइ छ । यसैगरी दुर्घटनामा धनकुटा चौबिसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनको ८ वर्षीया छोरी डेनी मगरको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । ‘ड्राइभरले सके सम्म क्षति कम गराउन खोजेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले भने ‘चालकको घटनास्थलमा नै मृत्यु भयो ।’ जिरो प्वाइन्टबाट दक्षिणतर्फ बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो । दुर्घटनामा घाइते हुनेको सङ्ख्या ३९ पुगेको छ । उनीहरुकोे उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई