प्रतिनिधिसभामा प्रधानमन्त्रीले बोल्न खोज्दा कांग्रेसको अवरोध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएपछी उनीहरुले आफूहरुले पहिला बोल्न पाउनुपर्यो भन्दै बैठक अबरोध गरेका हुन ।