काङ्ग्रेसको व्यवहारबाट आश्चर्यचकित भएको छु : प्रम


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले असंसदीय र अमर्यादित व्यवहार देखाएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक अभ्यास र प्रणालीमा प्रधानमन्त्रीलाई आवश्यक लागेको र राष्ट्रिय महत्वका विषयमा संसद्लाई जानकारी गराउने प्रचलन छ । संसद् सरकारको दृष्टिकोण, मूल्य मान्यता सार्वजनिक गर्ने थलो हो ।

प्रतिपक्षले जुन व्यवहार देखायो, त्यो गलत छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीले मेरो कुरा नै ठीक भन्ने ‘बालहठ’ प्रस्तुत गर्ने काम प्रमुख प्रतिपक्षीबाट भएकामा आपत्ति प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीको सम्बोधन रोक्नका लागि सदन अवरुद्ध गर्ने, वेलमा नै गएर विरोध गर्ने विषय र सन्दर्भसमेत नभएको उहाँको भनाइ थियो । काङ्ग्रेसले हरेक क्षेत्रमा निहुँ खोजेको र विरोधका नाममा विरोध मात्रै गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलनका सहयोद्धा, मेरा मित्र शेरबहादुर देउवाकै नेतृत्वमा वेल घेर्ने र संसद् अवरोध गर्ने काम भयो तर विरोध गर्नुपर्ने विषय केही थिएन ।”

प्रधानमन्त्रीले लोकतन्त्रमा सरकारको प्रमुखले आफ्नो धारणा राख्ने, त्यसपछि प्रमुख प्रतिपक्ष दल र संसद्मा रहेका अन्य दलले क्रमैसँग राख्ने प्रणालीको विरुद्धमा समेत काङ्ग्रेस प्रस्तुत भएको र त्यसले लोकतान्त्रिक मूल्य र मान्यताको समेत हित नगर्ने बताउनुभयो । काङ्ग्रेसको व्यवहारबाट आफू आश्चर्यचकित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हरेक विषयमा निहुँ खोज्ने र विरोध मात्रै गर्ने संस्कारसमेत राम्रो नभएको स्पष्ट पार्नुभयो । –––

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई