संजयलीला भन्सालीको सिरिजमा मनिषा


एजेन्सी, २९ साउन । गत सोमबार बलिउडका चर्चित निर्देशक संजयलीला भन्सालीले बलिउडमा आफ्नो २५ वर्ष पुरा गरे । बलिउडमा प्राय ठूला स्टारसँग काम गरिसकेका संजयले आफूलाई निर्देशनसँगै संगीतकारको रुपमा पनि स्थापित गरिसकेका छन् । उनले आफ्नो निर्देशन रहने फिल्ममा दिँदै आएको संगीतले दर्शकको मन जितिसकेका छन् । बलिउडका ठूला स्टारहरु शाहरुख खान, सलमान खान, ऐश्वर्या राय, अजय देवगन, माधुरी दीक्षित, ऋतिक रोशनसँग काम गरिसकेका छन् । पछिल्लो समय उनकै फिल्ममार्फत रणवीर सिंह र दीपिका पादुकोण स्टार बनिसकेका छन् । रामलीला, बाजिराव मस्तानी र पद्मावत फिल्म मार्फत रणवीर र दीपिका बलिउडमा ठूला स्टार बनेका हुन् ।

केही समययता ऐतिहासिक विषयमा फिल्म बनाउँदै आएका भन्सालीले मंगलबार भने नेटफ्लिक्सका लागि ‘हिरामन्डी’ नामक सिरिज बनाउने घोषणा गरेका छन् ।
यस सिरिजमा भन्सालीले भारत विभाजन पूर्व लाहोरमा वेश्यावृत्ति गर्ने वेश्याको कथा प्रस्तुत गर्दैछन् । लामो समयदेखि ‘हिरामन्डी’ मा फिल्म बनाउने चाहाना व्यक्त गर्दै आएका भन्सालीले सिरिजका लागि मनिषा कोइरालालाई प्रस्ताव गरेका छन् ।

पछिल्लो समय ठूलो पर्दामा खासै कमाल देखाउन नसकेकी मनिषाले सिरिजमा काम गर्ने सहमति दिइसकेको स्रोतले जनाएको छ । ‘सहमति त भन्न सक्दिन यद्यपि सिरिज प्रस्ताव भएको हो र मनिषाजी पनि सिरिज गर्न उत्तिकै आतुर हुनुहुन्छ’ निर्माण पक्षले जनाएको छ । कलाकारलाई पात्रको जीवनमा ढाल्ने भन्सालीले पछिल्लो समय मुम्बइमा आधारित यस्तै वेश्याको कथामा ‘गंगुबाई कठैयावाडी’ शीर्षकको फिल्म तयार गरेका छन् । शीर्ष रोलमा आलिया भट्ट रहेको फिल्मको टिजर सार्वजनिक भएसंगै प्रशंसा भइरहेको छ ।न्युज कारखानावाट

प्रतिक्रिया दिनुहोस  
१६ वर्षपछि शोभितकै फिल्ममा भुवन र शिव अनुबन्धित

नेपाली फिल्म नगरीमा सदावहार अभिनेताको ट्याग पाएकी भुवन केसी र एक्सन स्टार शिव श्रेष्ठले पहिलो

साउथ स्टार रश्मिकाले छाडेका ५ फिल्म

साउथ इन्डियन एक्ट्रेस रश्मिका मन्दना पछिल्लो समय चर्चामा छिन् । उनको सुन्दरता, मुस्कानको कयौं प्रशंसक छन्

  ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’   

बागलुङ, १२ वैशाख (रासस) : सार्वजनिक भएको २४ घण्टामा गायक÷सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि

बिहानीपख देखिएको लमजुङ हिमाल

लमजुङ बेँसीशहर नगरपालिका– ८ जिल्ला अस्पताल परिसरबाट आइतबार बिहान देखिएको लमजुङ हिमाल । यस जिल्लाका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई