छोरी बलात्कार गर्ने बाबु पक्राउ


भक्तपुर, २५ चैत (रासस) ः विगत दुई वर्षदेखि डर र त्रास देखाएर झड्केली छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे झड्केली छोरीलाई चैत १४ गते अपराह्न ४ बजे आफ्नै डेरा कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले रामेछाप उमाकुण्ड गाउँपालिका–७ का ३५ वर्षीय रमेशकुमार बस्नेतलाई डेराकोठाबाटै पक्राउ गरेको हो । झड्केली छोरी बलात्कार गर्ने बाबुविरुद्ध उनकी आमाले किटानी जाहेरी दिएलगत्तै प्रहरीले आरोपी बस्नेतलाई पक्राउ गरी आजै भक्तपुर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई