जापानमा भूकम्पको धक्का, १६ जना घाइते


टोकियो, ४ असार (रासस÷एएफपी) – जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् । जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो । जापानको राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र रहेपनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो । प्रधानमन्त्री शिन्जो आबेले भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सरकार पूर्ण सतर्क अवस्थामा रहेको बताउँदै ठूलै क्षमताको परकम्प आउने सम्भावनातर्फ विशेष चनाखो रहन नागरिकहरु समक्ष आह्वान गर्नुभएको छ । टेलिभिजन र अनलाइनहरुमा निगाता समेतका स्थानमा घरहरु बेस्सरी हल्लिएका र घरभित्रका सामान छताछुल्ल भएका दृश्यहरु राखिएका छन् । भूकम्प गएको केही समय विद्युत आपूर्ति समेत बन्द गरिएको थियो । गत जुन महिनामा ओशाका क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट पाँच जनाको ज्यान जानुका साथै ३५० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०११ मार्च ११ मा ९ म्याग्नीच्यूडको भूकम्पबाट सिर्जित सुनामीले प्रशान्त महासागरीय मुलुकहरुमा हजारौंको ज्यान गएको थियो । जापानको निगाता पनि भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त क्षेत्रमा पर्दछ । सन् २००४ मा ६.८ म्याग्नीच्यूडको भूकम्पबाट ६८ जनाको मृत्यु भएको थियो । जापान भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई