गोकर्णेश्वरमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न


भूकम्प गएको चार वर्षको अवधिमा गोकर्णेश्वर नगरपालिकामा हाल ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । सो क्षेत्रफलमा बनेको घर, बहुस्वामित्वका घर, जग्गाधनी लालपुर्जा नभएका घर, गुठीको जग्गामा बनेको घर र क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेको घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले पनि निजी आवास पुनःनिर्माणले गति लिन नसकेको नगरपालिकाका इञ्जिनीयर कुसुम देवले बताउनुभयो । नगरपालिकामा पुनःनिर्माणको जम्मा लाभग्राही दुई हजार ९३२ रहेकामा एक हजारले मात्रै निजी आवास पुनःनिर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ । प्रबलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रबलीकरणमा जान सजिलो छैन । पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रबलीकरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारणले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको इञ्जिनीयर देवले भन्नुभयो । उहाँका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या दुई हजार ५४५ र दोस्रो किस्ता लिने एक हजार ५७८ लाभग्राही रहेको छ । त्यस्तै तेस्रो किस्ता लिने लाभग्राही एक हजार २४६ रहेको छ । कतिपय लाभग्राहीले आफूखुशी घर निर्माण गरेकाले नगरपालिकाको मापदण्ड विपरीत परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई