रकम नभएको खाताको चेक दिनेलाई जेल चलान


बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् । खड्का विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले उनलाई एक महीना कैद र रु २३ लाख जरिवानाको फैसला वैशाख १६ गते गरेको थियो ।

त्यसवेलादेखि उनी फरार हुँदै आएका थिए । काठमाडौँको चक्रपथबाट उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएकोे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

खड्काले आर्थिक व्यवहार मिलाउने भन्दै जाहेरवाला प्रशान्त जैसवालसँग रु २३ लाख लिएकोमा नियतबस पैसा नभएको बैंकको चेक दिएपछि जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई