नेपाली कांग्रेसमा अबद्ध समेत सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला नेकपामा प्रवेश


सामाजिक अभियान्ताका रुपमा गाउँगाउँमा कार्यरत रहँदै आएका सामाजिक परिचालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला नेकपा प्रवेश गरेका हुन् । खुमलटारमा आज आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीमा आबद्ध भएका सामाजिक परिचालिकालाई पार्टी प्रवेश गराउनुभयो ।

नेकपा प्रवेश गर्नेमा नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद् सदस्य कविता थापा सोडारी, नेपाली काँग्रेसको दाङको परिचालिका अध्यक्ष विजयालक्ष्मी रेग्मी, प्रदेश नं २ को काङ्ग्रेस सक्रिय सदस्य गीता पोखरेल, प्रदेश २ कै राजपा नगर सदस्य इन्दुकुमारी साहलगायत हुनुहुन्छ । उहाँहरुलाई नेकपामा स्वागत गर्दै अध्यक्ष दाहालले सामाजिक परिचालकको रोजगारीको सुरक्षा र सरकारले तोकेको न्यूनतम् पारिश्रमिक दिलाउन पार्टीले पहल गर्ने बताउनुभयो । “सरकारले सामाजिक परिचालकको रोजीरोटीको सुरक्षा, उचित पारिश्रमिक र राजनीतिक अधिकार उपलब्ध गराउने छ”, अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरुको सुरक्षा र अधिकारका निम्ति कोशिश गर्छौं ।”

सरकारले गत साउनदेखि मजदूरको न्यूनतम पारिश्रमिक १३ हजार ४५० तोकेको भए पनि सरकारी कोषबाटै पारिश्रमिक लिने सामाजिक परिचालकले मासिक जम्मा नौ हजार मात्र तलब बुझ्दै आएका छन् । गाउँ तथा नगरपालिकामा सञ्चालित महिला जागृति तथा आयआर्जन कार्यक्रमअन्तर्गत मुलुकभर ६३६ सामाजिक परिचालिका कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई