ओली सरकार नै पाँच वर्ष चल्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वकै सरकार पाँच वर्ष चल्ने बताउनु भएको छ ।
पोखरामा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
अर्को एक प्रश्नमा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको तर प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उहाले चाहेको बेला पुनर्गठन हुने स्पष्ट पार्नुभएको छ ।
प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र ओलीबीच कुराकानी भइरहेको र शनिबार सचिवालय बैठकले त्यस सम्बन्धमा आबश्यक निणर्य गर्ने बताउनु भयो ।