अर्थतन्त्रमा सुधारका संकेत
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो १० महीनाको आर्थिक तथा वित्तिय स्थितीको प्रतिवेदनका अनुसार अर्थतन्त्रमा केहि सुधारका संकेत देखिएका छन।

बैंकले जारी गरेको प्रतिवेदनका अनुसार चालु आर्थिक बर्षको समिक्षा अबधीमा गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा १८.१ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। गर्त आ.ब.को पहिलो १० महिनामा बस्तु तर्फ कुल ६६.५० अर्बको निर्यात भएकोमा हालको आर्थिक बर्षमा कुल ७८.५३ अर्बको निर्यात भएको छ। त्यसै गरि पर्यटन क्षेत्रको आयमा गत आर्थिक बर्षको तुलनामा यस बर्ष ११ प्रतिशतले बृद्धि भएको छ। गत बर्ष पर्यटन क्षेत्रको आय ५७ अर्ब रहेकोमा हाल यो आय ६६.२८ अर्ब पुगेको छ।

त्यसै गरि चालु आर्थिक बर्षको समिक्षा अबधिमा आन्तरिक कर्जा प्रवाहमा गत बर्षको तुलनामा १४.७ प्रतिशतले बृद्धि भएको छ। आन्तरिक कर्जामा बृद्धि हुनुलाई अर्थशास्त्रीहरुले आर्थिक क्रियाकलमा भएको बृद्धिको रुपले हेर्छन। निक्षेप संकलन तर्फ भने चालु आर्थिक बर्षको समिक्षा अविधीमा गतबर्षको तुलनामा ११.७ प्रतिशतको बृद्धि भएको छ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेपनि विप्रेषण आप्रवाहमा भने उल्लेख्य बृद्धि भएको छ। चालु आर्थिक बर्षको दश महीनाको अवधिमा ७२५.३० अर्ब बराबरको विप्रेषण आप्रवाह भएको छ । जुन गत बर्षका तुलनामा १९.६ प्रतिशतको बृद्धि हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९।३ प्रतिशतले वृद्धि भएको छ ।
समिक्षा अबधीमा पेट्रोलिय पदार्थको आयातमा भएको बृद्धिसंगै बस्तु तर्फको व्यापार घाटा १९.७ प्रतिशतले बृद्धि भई रु.१०९९.६० अर्ब पुगेको छ भने सेवा तर्फको व्यापार घाटा ९.४६ अर्ब पुगेको छ । चालु आर्थिक बर्षमा १७२.९ अर्बको पेट्रोलिय पदार्थको आयात गरिएको छ। गत आर्थिक बर्षको सोहि अबधिमा १३३.४५ अर्बको पेट्रोलिय पदार्थ आयात गरिएको थियो।