पर्यटन सुन्दरी प्रतियोगिता साउन २५ मा


पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रुपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई पनि लिइन्छ । सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवद्र्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् ।

नेपालको पर्यटन क्षेत्रमा पनि पछिल्लो समय सौन्दर्य पर्यटनको अभ्यास थालिएको छ । प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ देखि हरेक वर्ष ‘मिस टुरिज्म’ प्रतियोगिता गर्दै आएको छ । विगत झैँ यस वर्ष पनि मिस टुरिज्म–२०१९ को चौथो संस्करण आगामी साउन महीनामा आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक प्वाइन्ट मिडियाले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताले पर्यटन क्षेत्रमा नयाँ अवसरको सिर्जना गर्नाका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पर्यटन क्षेत्रमा योग्य र दक्ष जनशक्तिलाई आकर्षण गर्ने मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा क्षमता प्रदर्शन गर्ने अवसरसमेत पाएको प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । उहाँले प्रतियोगितालाई व्यवस्थित र पारदर्शी बनाउन सरोकार भएका निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । निजी क्षेत्रको अग्रसरतामा नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायको साझेदारीमा भइरहेका यस्ता प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्तर्राष्ट्रिय रुपमा समेत अभ्यास भइरहेको मिस टुरिज्मजस्ता प्रतियोगिताले पर्यटन प्रवद्र्धनका लागि मात्र नभई महिला नेतृत्व विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष चन्द्र रिजालले मिस टुरिज्मलाई व्यावसायिक प्रवद्र्धनको रुपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य रामशरण थपलियाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पनि प्रतियोगिताको उपयोग गर्नसक्नुपर्ने धारणा राख्नुभयो ।

पर्यटन व्यवसायी राजन सिंखडा, सागर पाण्डेलगायतले पर्यटनको महत्वपूर्ण प्रडक्टका रुपमा रहेको प्रतियोगितालाई ताज पहि¥याउने मात्र नभई उनीहरुको क्षमतालाई पर्यटन क्षेत्रले सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिनुभयो । आगामी साउन २५ गते आयोजना हुने मिस टुरिज्मको अन्तिम प्रतिस्पर्धाका लागि भोलि शुक्रबार (असार ६ गते) देखि देशभर आवेदन खुल्ला गरिनेछ । प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाले आगामी असार २० गतेसम्म आवेदन दिन पाउने आयोजकले जनाएको छ । काठमाडौँ, पोखरा र चितवनमा अडिशन लिइनेछ । छानिएका प्रतिस्पर्धीलाई २० दिनसम्म विभिन्न विधाका प्रशिक्षकले तालीम प्रदान गरिनाका साथै आन्तरिक पर्यटन प्रवद्र्धनार्थ विभिन्न गन्तव्यको भ्रमणमा समेत लगिने जनाइएको छ ।

प्रतियोगिताका बिजेतालाई क्रमशः मिस टुरिज्मलाई नगद रु ५० हजार, फस्ट रनर अपलाई रु ३० हजार र सेकेण्ड रनर अपलाई रु २० हजार प्रदान गरिनेछ । बिजेतालाई ब्राण्ड एम्बेस्डरको अवसरका साथै वर्षभरी नै विभिन्न कार्यक्रममा अवसर दिइनेछ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई