बेथानचोकमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु


काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ अन्तर्गत बेथानचोक गाउँपालिका रोजगार सेवा केन्द्रले आयोजना गरिएको कार्यक्रममा वडा नं ४ को गुम्बाडाँडामा दृश्यावलोकन भवन र पाथीभरा मन्दिर जाने बाटोको सिँढी बनाउने काममा कामदार खटिएका हुन् ।

सो वडाको १७ जनाले आजबाट काम थालनी गरेको ४ नं वडाका वडा अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । ‘आर्थिक वर्ष २०७५-७६ मा स्वीकृत कार्यक्रमबाट नै यो कार्यक्रम गराउनु भन्ने निर्देशिका प्राप्त भएकाले सोही अनुसार आजबाट शुरु गरिएको हो”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “गुम्बाडाँडालाई पर्यटकीयस्थल बनाउने भन्ने उद्देश्यले कार्यक्रम अगाडि बढिरहेको सन्दर्भमा यो डाँडामा जाने सिँढी निर्माणको कामलाई रोजेका हौँ ।” जसमा १७ जना स्थानीय बासिन्दाले आजबाट काम शुरु गरेको बताउनुभयो । निर्देशिकाअनुसार वडामा आएको तीन लाख रकमबाट काम अगाडि बढाएको उहाँले बताउनुभयो । गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाभरिमा ६५४ जनाको नाम सूचीकृत भएकामा १४३ जना सो वडाका मात्रै रहेको जानकारी दिनुभयो । तीमध्ये १४ महिलासहित १७ जनालाई पर्यटकीय क्षेत्र गुम्बाडाँडामा निर्माण गरिएको पाथीभरा मन्दिर जाने सिँढी निर्माणको काममा खटाइएको उहाँले बताउनुभयो । एसएलसी पास गरी गाउँमा नै बसिरहेका वडा नं ४ पार्थलीका निलम श्रेष्ठले दुई÷चार पैसा कमाई पनि हुने र आफ्नै गाउँको विकास हुने भएकाले यसमा सहभागी भएको बताउनुभयो । अर्का स्थानीयवासी अनु श्रेष्ठले आफ्नो गाउँको विकासका लागि सबै साथी मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउँदै “काम गरेर पैसा पनि पाउने र विकास पनि हुने भएकाले श्रम गर्नुपर्दा पनि निकै खुशी छु”, उहाँले भन्नुभयो । गाउँपालिकाका प्राविधिक मुक्तिनाथ सापकोटाले पार्थलीको गौरीमञ्ज्याङदेखि गुम्बाडाँडासम्म करीब २०० मिटर लामो बनाउन लागेको सिँढी एक फिट चौडा र नौ इञ्च उचाइ रहनेगरी निर्माण हुने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सो कार्यक्रमअन्तर्गत गाउँपालिकाभरिमा २१ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । ‘प्राप्त बजेट ६ वटा वडामा बाँडिएको र तीमध्ये ७५ प्रतिशत काम निर्माणका लागि श्रममा खटिएकाहरुको ज्यालामा खर्च हुने र बाँकी २५ प्रतिशत अन्य शीर्षकमा खर्च हुनेछ”, उहाँले भन्नुभयो, “सामाजिक विकासको काममा खटिएकाहरुलाई जिल्लाको दररेटअनुसार अर्धदक्षलाई प्रतिव्यक्ति रु ६९० र दक्षका लागि रु ९४५ प्रदान गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई