यसरी मारिए विप्लव समूहका सर्लाही इञ्चार्ज


सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलले जङ्गलको बाटो हुँदै नवलपुरतर्फ आउँदै गरेको पौडेल नेतृत्वको टोलीले नेपाल प्रहरीको विशेष टोलीलाई लक्षित गर्दै गोली चलाएपछि दोहोर भिडन्त भएको प्रहरीले जनाएको छ ।

जवाफमा प्रहरीले पनि गोली चलाउँदा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदेश नं २ को राजधानी जनकपुरबाट पौडेललाई खोज्न खटिएको नेपाल प्रहरीको विशेष टोलीसँग पौडलको दोहोरो गोली हानाहान भएको थियो । प्रहरीले गोली चलाउन थालेपछि पौडेलको साथमा रहेको अन्य तीन जना फरार भएका छन् ।

घटनास्थलबाट प्रहरीले केही थान हरितयार मोटरसाइकल पनि फेला पारेको छ । उनीहरु जङ्गलको बाटो भएर भागेको प्रहरीले जनाएको छ । “पौडेल मारिएका छन्, घटनाको विस्तृत जानकारी आउन अझै बाँकी छ”, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भन्नुभयो ।

सर्लाही वागमती नगरपालिका–२, धरहरा निवासी पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाही अध्यक्ष बन्नुभएको थियो । एकीकृत नेकपा पार्टी फुटाएर मोहन वैद्यले पार्टी गठन गरेपछि पौडेल त्यसमा लागेको थिए ।

लगत्तै वैद्यसँग पार्टी फुटाएर विप्लवले नयाँ समूह खोलेपछि पौडेल त्यसमा सामेल भएका थिए । केही दिनदेखि पौडेल सर्लाहीमा चन्दा आतङ्क मचाएको स्थानीय तहका प्रमुखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई