सुनौलो भविश्यका लागि सहकार्य गर्न चीन र उत्तर कोरिया सहमत
प्योङ्याङ्, ५ असार: चीन र उत्तर कोरियाका शिर्ष नेताहरूबीच दुवै देशको उज्ववल भविश्यका लागि सहकार्य गर्ने सहमति भएको छ । अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच बिहीबार सहमति भएको हो । उहाँहरूबीचको यो भेटवार्ता र सहमतिलाई ऐतिहासिक विन्दुका रूपमा पनि व्याख्या गरिएको समाचारमा जनाइएको छ ।
चीनका राष्ट्र प्रमुखबाट १४ वर्ष पछि यसप्रकारको भ्रमण भएको हो । उत्तर कोरियाको औपचारिक भ्रमणको लागि यहाँ आएका चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका चीनका राष्ट्रपति सी र उत्तर कोरियालाी नेताबीच भएको भेटवार्तामा यस्तो सहमति भएको हो । दुई देशको मात्रै नभई क्षेत्रीय र विश्वव्यापी हितका लागि पनि आफुहरूले सँगसगै काम गर्न चाहेको सीले बताउनुभएको छ । चीन र उत्तर कोरियाको सम्वन्ध र सहकार्यलाई अन्तर्राष्ट्रियस्तरबाट रणनीतिक महत्वका साथ हेर्ने गरिएको छ । चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा आउनुभएको हो ।
चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ उनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउनेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।