निमार्णाधिन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा पहिरो जाँदा १७ कामदार थुनिए, उद्धार कार्य जारी


उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् ।

कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिनुभयो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा उद्धार कार्य तीव्ररुपमा भइरहेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई