दोस्रो मैत्रीपूर्ण खेल: नेपाल भारतसँग पराजित


रमेश सुवेदी/न्युज कारखाना

काठमाडौं, २० भदौ

दोस्रो मैत्रीपूर्ण खेलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरे । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे ।

चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए । नेपालका मिडफिल्डर तेज तामाङ खेलको अन्त्यमा गोल गरे ।

यसैबीच नेपाली टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ)ले राष्ट्रिय टोलीबाट ७४ क्यापको कीर्तिमान तोडेका छन् । उनले यसपूर्व कप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान तोडेका हुन् ।

गोलरक्षक विशाल श्रेष्ठले करिब एक दशकको राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाललाई कप्तान किरण लिम्बूको स्थानमा मैदान प्रवेश गराएका थिए ।

व्यावसायिक फुटबलमा मनाङ-मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लबमा सफल रहेका विशालले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका हुन् ।

खेल हेर्न गृहमन्त्री बालकृष्ण खाण र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मैदानमा उपस्थित थिए ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए ।

नेपाली टिम यस्तो थियो :

गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, पुजन राजवंशी
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनीष डाँगी, आयुष घलान
स्ट्राइकर : नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस  
एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन   

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान

  भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ८ असोज (रासस÷एएनआई) भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता   

अमेरिका, असोज ८ (रासस-एएनआई): भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध   

तेल अभिभ, ८ असोज (रासस÷सिन्ह्वा) इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई