एक डलरमै हवाई यात्राको अवसर


मेक्सिको सिटी, ६ असार: मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रबद्र्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ । स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ । आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी विमानस्थलमा सम्पर्क गर्नुपर्नेछ । यो सेवा कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकका लागि उपलब्ध हुनेछ । सन् २०१८ को अन्त्यसम्ममा हजारौं मध्य अमेरिकी नागरिक अमेरिका प्रवेशका लागि मेक्सिकोमा भेला भएका छन् । उनीहरु आफ्ना देशमा जारी हिंसा र गरिबीका कारण पलायन भएको बताइएको छ ।

भोलारिस विमान सेवाले बेलाबेला आप्रवासीका लागि सुविधाजनक यात्राको अवसर जुटाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई