सुरुङभित्र थुनिएका सबैको सकुशल उद्धार


निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार छ चिनियाँ नागरिकसहित १७ कामदारलाई आज बिहान सात बजेभित्र बाहिर निकालिएको हो । बाहिर निकालिएका ती सबै १७ कामदारको उद्धारपश्चात स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण कार्यसमेत सम्पन्न गरिएको ढकालले जानकारी दिनुभयो । हिजो साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुङ्गा झरिरहेकाले आजका लागि विद्युत् आयोजनाको सुरुङको काम सुरक्षाका कारण स्थगन गराइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । विद्युत् आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले कामदारको सुरक्षालाई दृष्टिगत गरी निर्माण कार्य अगाडि बढाइने बताएको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जलविद्युत् कम्पनीका कर्मचारी जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई